नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन
नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए ।
उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र मापदण्डविपरीत मासु बेचिरहेको फेला परेको छ । नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ ।
चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ । उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।
चाडपर्वका बेलामा वस्तुको गुणस्तर र सर्वसुलभ मूल्यभन्दा पनि नाफा कमाउने उद्देश्यका साथ अखाद्य तथा मिसावट गर्ने कामलाई निरुत्साहित पार्न अनुगमन कार्यलाई नियमित गरिएको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण