ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षीय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।
बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानीयले पानी मुनि हिलाेमा गढेको अवस्थामा उद्धार गरेका थिए ।
उद्धार गर्नासाथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएकाे थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भए पनि अन्यत्र पठाउने तयारी गरिएको छ ।
पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक हाेमनाथ रेग्मीले बताए । "यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन" रेग्मीले भने "तर उहाँ जीवित भने हुनुहुन्न ।" नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण