कुनै प्रेमका अफरले छुन सकेन– गायिका योजना
गीत सङ्गीत प्रेमीहरूका लागि योजना पुरी नौलो नाम भने होइन । एक दशकदेखि सङ्गीतमा साधनारत योजनाले ४ दर्जनभन्दा बढी गीतमा आवाज दिइसकेकी छन् । केही एल्बमसमेत सार्वजनिक गरेकी उनले बेला बेलामा फुटकर गीतसमेत गाउने गरेकी छन् । पछिल्लो समय गायनको अलवा सञ्चारकर्ममा समेत रमाइरहेकी योजना आफू सबै प्रकारको गीत गाउन सक्ने बताउँछिन् । पछिल्लो समय केही गायक गायिका रातारात हिट हुने माध्यमसमेत अपनाउने गरेका छन् । छिट्टै हिट भएर छिट्टै हराउने भन्न गर्दछन् सङ्घर्ष गरेर पाएको चर्चा आफूलाई प्यारो लाग्ने उनले बताइन् । जादुमय स्वरकी धनी गायिका योजना नारीमा सुन्दरता र ज्ञान दुवै हुनुपर्ने बताउँछिन् । झट्ट हेर्दा मोडलझँै देखिने योजनाले आफ्ना केही गीतमाथि बनेको भिडियोमा पनि मोडलिङ गरेकी छन् । आफ्नो गीतको भिडियोमा अभिनय गरे पनि बाहिरको भिडियो अभिनयमा रुचि नभएको बताउने योजनालाई रातोपाटीको दश प्रश्न ।
आफ्नो सौन्दर्य कसरी निखार्न मनपर्छ ?
– बाहिरी सौन्दर्य निखार्ने मेकअपले नै हो । मेकअफ गर्दा म धेरै राम्री देखिन्छु । म सिम्पल गेटअफमा हिँड्न रुचाउँछु । सनब्लक क्रिम, गाजल, लिपस्टिक मेरो नियमित मेकअप हो ।
फेसनप्रति लगाव त होला नि ?
– छ, फेसनका हरेक पक्षसँग अपडेट रहने गरेकी छु । आफूलाई सुहाउने खालको फेसन बाजार नयाँ आए पनि किनेर लगाउने गरेकी छु ।
फिट्नेस नि ?
– म स्लिम छु, त्यसैले मलाई फिट्नेस होइन डाइटिङको आवश्यक छ । तर शरीरलाई फूर्तिलो बनाउन फिटनेसको भूमिका मैले बुझेकी छु । त्यसैले शरीर सुहाउँदो गर्छु ।
गायिकालाई प्रेमका अफर कति आउँछन् ?
– धेरै आउँछन् । आजसम्म आएका कुनै प्रेमका अफरले छुन सकेका छैनन् । सीधै भन्नुपर्दा सन्तुष्ट हुने खालको प्रेमका अफर आएको छैन ।
डर लाग्दो सपना ?
– कहिले काहीँ अचनक डरलाग्दो सपना देख्ने गरेकी छु । बिहान उठेर त्यो सपना अरूलाई सुनाएर सान्त्वना नलिएसम्म मनबाट डर हराउँदैन ।
पूरा नभएका सपना छन् नि ?
– धरै ठूलाठूला सपना देखेकी पनि छैन । गायनमा रमाइरहेकी छु । यसमै सङ्घर्ष गरिरहेकी छु । केही एल्बम आएका छन् । केही आगामी दिनमा पनि ल्याउने छु । दर्शक स्रोताको माया पाएकी छु । दिनप्रति दिन यो माया बढ्दै जाहोस् । आफ्नो चर्चा देशबाट विदेश हुँदै विश्वमा पुगोस् । यही सपना देखेकी छु ।
बाहिर हिँड्दा पर्समा कति पैसा बोक्ने गर्नुभएको छ ?
धेरै बोक्दिनँ । धेरै बोक्न पनि आवश्यक छैन । एटीएमसँगै हुन्छ । आवश्यक परे त्यसबाट निकाल्न मिल्छ । तर ४, ५ हजार छुटाउँदिन ।
रोजाइको पुरुष ?
यस्तै भन्ने छैन । धेरै माया गर्ने, मेरो कामलाई बुझ्ने, हौसला र प्रेरणाले सधैँ अगाडि बढ्न मद्दत गर्ने । अर्काे महत्वपूर्ण कुरो सँगै हिँड्न जोडी मिल्ने ।
डेटिङ प्लेस कस्तो मनपर्छ ?
शान्त, रमणीय स्थान, जहाँ हल्का म्युजिक बजिरहेको होस् । खुलेर एकअर्काेसँग माया साट्न सकियोस् । साथी रोमान्टिक र हातमा कफी होस् ।
रोजेको व्यक्तिसँग डेटको दियो भने ?
हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोसँग जान चाहन्छु । लियोनार्दाे मेरो सबैभन्दा मनपर्ने हिरो हो । लियोनार्दाेसँग एक पटक डेट जाने धोको छ । सायद पूरा हँुदैन होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण