बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुनका कुरा : उत्साह नै उन्नति र प्रगतिको द्वार

मङ्गलबार, २५ असोज २०७९, १० : ५९
मङ्गलबार, २५ असोज २०७९

१, अरूको नक्कल गर्नु नराम्रो होइन । सक्नेले गरेकै छन्, सक्दा गरे हुन्छ तर नक्कल गर्न पनि अक्कल चाहिन्छ भन्ने कुरालाई भने बिर्सनुहुँदैन । अन्यथा भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन्छ । आफ्नोपन पनि गुम्छ अर्को पनि बन्न सकिन्न ।  –प्लेटो 
२, जसरी धमिलो पानीमा प्रतिबिम्ब देख्न सकिन्न त्यसैगरी अल्छी मानिसले प्रगति गर्न सक्दैन । त्यसैले उन्नति र प्रगति गर्न चाहने मानिसले उत्साह नै उन्नति र प्रगतिको द्वार हो भन्ने कुरालाई बिर्सनुहुँदैन । –नीतिवचन
३, अर्काको घरको फोहर र दुर्गन्धलाई निन्दा गर्ने हो भने पहिले आफ्नो घरको फोहर हटाउने प्रयास गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो मूर्खता अर्को हुनै सक्दैन । –कन्फ्युसियस
४, सुन्दरता बाहिरी बस्तुमा होइन आन्तरिक अवस्थामा छिपेको हुन्छ । त्यसैले बाहिरी बस्तुमा सुन्दरता खोज्ने मानिसको त्यसैगरी दुर्गति हुन्छ जसरी मरुभूमिमा पानी खोज्ने मानिसको हुने गर्छ । –वायरन
५, भनिन्छ मानिस चेतनशील प्राणी हो । त्यसैले ऊ जति गुणी, विवेकी र विद्वान् प्राणी संसारमा अर्को कोही छैन तर ऐन, कानून र न्याय नहुने हो भने तिनै मानिसभन्दा खराब प्राणी अर्को हुँदैन । –अरस्तु
६, वाइवाइ त्यस्ता मानिसका लागि मात्र हो, जसले आँखाद्वारा प्रेम गर्ने गरेको छ । आत्मादेखि प्रेम गर्नेका निम्ति त बिछोड भन्ने नै हुँदैन । –रुमी
७, जीवनको मूल्य बोध गर्न सक्नेले यसै संसारलाई स्वर्ग बनाइरहेका हुन्छन् भने नजान्नेका निम्ति यही संसार नरक बनिरहेको हुन्छ । त्यसैले काल्पनिक स्वर्ग र नरकको कुरामा समय खेर फाल्नुभन्दा आफ्नै कर्मलाई हेर्ने बानी बसाउनु राम्रो हुन्छ । –स्वेट मार्डेन 
८, एक मिनेटको समय रिसाउनु भनेको ६० सेकेन्ड मनको शान्ति गुमाउनु हो । त्यसैले रिसाउनु ब्यर्थ छ । यसले न रिसाउने मानिसलाई फाइदा गर्छ न जसमाथि रिसाइएको छ उसको नै फाइदा भइरहेको हुन्छ । –इमर्सन
९, दुष्ट मानिसको मीठो कुरामा कहिल्यै विश्वास गर्नु हुँदैन । किनकि उसले आफ्नो स्वभाव छाडेको हुँदैन । –आचार्य चाणक्य
१०, जबसम्म मरिन्न तबसम्म उद्योग गर्न छाड्नु हुँदैन । के थाहा कसको मृत्यु कति बेला हुन्छ । अहिले नै हुन पनि सक्छ पचासौँ वर्षपछि आउन पनि सक्छ तर उद्योग विनाको जीवन भने पदपदमा मरिरहेको हुन्छ । जर्ज बनार्ड शा
११, हजारौँ योद्धामाथि विजय पाउनुभन्दा आफूमाथि विजय पाउन गाह्रो हुन्छ, जसको मूल कारण भनेकै घमन्ड र अहङ्कार हो । गौतम बुद्ध   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप