सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजबाट खनिने
सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुँदैछ । सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलबाट टनेल खन्न सुरु गरिँदैछ । ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ ।
मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभर सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ । सो आयोजनाको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
-
इटालीको राष्ट्रिय फुटबल टोली सम्हाल्न पेप ग्वार्डिओलामाथि नजर
-
कतारका पूर्वअमिरको निधनमा नेपालमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण