न्युयोर्कमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ सम्पन्न
अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ । बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन् ।
न्युयोर्कका मेयर एरिक एडम्सको उपस्थितिमा भएको कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति थियो । कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
मेयर एरिकले नेपाली सङ्गीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए । मेयर एरिकले कार्यक्रममा गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए ।
सुरज सिंहले सञ्चालन गरेको कार्यक्रममा फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेशकिशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र सञ्जोक योञ्जनले गीत गाउँदा कविना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बनसन्त डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा डीजे जाङ्गोले पनि दर्शक झुमाएका थिए ।
न्युयोर्कको क्विन्समा बसोबास गर्ने विदेशीलाई नेपाली सङ्गीत र संस्कृतिको परिचय गराउनु कार्यक्रमको उदेश्य रहेको आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण