‘टाइगर जिन्दा हे’ को धमाकेदार शुरुवात : २०१७ मा बलिउडको ‘हाइएस्ट ओपनर’ बन्यो
आइतबार, ०९ पुस २०७४, ११ : ३०
मुम्बई । सलमान खान र कटरिना कैफ स्टारर चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा धमाकेदार शुरुवात गरेको छ ।
निर्देशक अली अब्बास जफरको यो चलचित्र सन् २०१७ मा बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने बलिउड चलचित्र बनेको छ ।
शुक्रबार रिलिज भएको यो चलचित्रले ३३.७५ करोड भारु कमाई गरेको छ ।
तर, रिजनल र बलिउड चलचित्रको कमाई (मात्र हिन्दी क्षेत्रमा) लाई हेर्ने होभने चलचित्रले बाहुवली : द कन्क्लूजनको रेकर्ड भने तोड्न सकेन ।
बाहुवलीको हिन्दी भर्सनले पहिलो दिन ४०.७ करोड रुपैयाँ कमाई गरेको थियो ।
यसअघि, आजय देवगनको गोलमाल रिटन्र्सले पहिलो दिन ३०.१४ करोड भारु कमाई गरेको थियो भने सलमानकै ट्युबलाइटले २१.१५ करोड कमाई गरेको थियो ।
शाहरुख खानको रइसले भने २०.४२ करोड भारु कमाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण