‘पद्मावती’को भविष्य मेवाड राजपरिवारको हातमा
मुम्बई । सेन्सर बोर्डले सञ्जय लिला भन्सालीको चलचित्र पद्मावतीलाई सर्टिफिकेट दिने प्यानलमा मेवाड राजपरिवारका सदस्यलाई पनि बस्न आग्रह गरेको छ । चलचित्रले इतिहासलाई बङ्ग्याएर राजपुत समूदायको अपमान गरेको आरोपमा यतिबेला भारतमा ठूलो हङ्गामा मच्चिरहेको छ ।
मेवाड राजपरिवारका सदस्य विश्वराज सिंहले पिटिआईसँग कुरा गर्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) का अध्यक्ष प्रशुन जोशीले आफूलाई बिहिबार फोन गरेर प्यानलको सदस्य बन्न आग्रह गरेको जानकारी दिएका हुन् ।
जवाफमा सिंहले सीबीएफसीका अध्यक्षसँग चलचित्रबारे सात बुँदे प्रश्नको जवाफ मागेको पनि जानकारी दिए । यसबारे जवाफ पाए पछि मात्र आफूले प्यानलमा बस्ने वा नबस्ने जावफ दिने बताए ।
सिंहले चलचित्रले कुन वर्गमा सर्टिफिकेसन मागेको भन्ने कुरा खुलाउन माग गरेको बताए । ‘चलचत्रिले मेरो परिवारको समान्नित पुर्खाको नाम प्रयोग गर्नुका साथै इतिहासमा भएको घटनामा आधारित भएर चलचित्र निर्माण गरेको छ । यो कथा मात्र नभएर इतिहासको महत्पूर्ण पात्रको चित्रण पनि हो । चलचित्रको ट्रेलर र गीत हेर्दा हाम्रो संस्कृतिबारे संवेदनशील रहेको निर्माण पक्षको कुरा सतहीमात्र लागेको छ,’ उनले भने ।
उनले चलचित्रको सर्टिफिकेसनमा इतिहासकारहरुलाई राखिनुले चलचित्रको ऐतिहासिक महत्वलाई पुष्टि गर्ने पनि दाबी गरे । सिंहले चलचित्र निर्माण अघि आफ्नो परिवारसँग कुनै अनुमति नलिएको पनि जानकारी दिए ।
मेवाडको राजपरिवारले कमिटीको स्वरुप, यसले गर्ने निर्णयको प्रभावकारिताको बारेमा पनि जोशीसँग प्रश्न गरेको छ ।
करणी सेनाले राजपूतानी रानीलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै चलचित्रको विरोध गर्दै आइरहेको छ ।
राजस्थानमा रहेको सेनाका सदस्यले दिपिका पाडुकोनको नाक काट्नेसम्मको धम्की दिएका थिए ।
दीपिकासहित शाहिद कपुर र रणवीर कपुर स्टारर चलचित्र डिसेम्बर १ मा रिलिज गर्ने भनिएको छ । तर, हाललाई चलचत्रिको प्रदर्शन रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण