बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाइगर जिन्दा हे : तीन दिनमा सय करोडको आँकडा पार

सोमबार, १० पुस २०७४, १५ : २२
सोमबार, १० पुस २०७४

मुम्बई । सन् २०१७ बलिउडको व्यापारका लागि निकै कठिन रह्यो । ठूला चलचित्रहरु बक्स अफिसमा फ्लप खाए भने स्टार पावरले पनि चलचित्रहरु चल्न सकेनन् ।

जहाँ बाहुवली २ ले हजार करोडको आँकडा पार गर्दा अन्य चलचित्रलाई २ सय करोडको क्लबमा पर्न पनि हम्मे हम्मे परेको थियो ।

यही पृष्ठभूमिमा क्रिस्मसलाई लक्षित गरेर रिलिज गरिएको सलमान खानको टाइगर जिन्दा हेले सन् २०१७ को रेकर्डमात्र तोडेन खानका पछिल्ला चलचित्रको किर्तिमानलाई पछि छाड्ने संकेत देखिएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले तीन दिनमा नै सय करोड भारुको आँकडा पार गरेको छ । चलचित्रले शुक्रबार ३४.१ करोड भारु कमाएको थियो भने शनिबार ३५.३० करोड भारु तथा आइबार ४५.५३ करोड भारु कमाउँदै तीन दिनमा ११४.९३ करोड भारु कमाएको छ ।

१ सय करोड क्लबमा पुग्ने सलमानको १२ औँ चलचित्र हो जुन कुनै पनि कलाकारको भन्दा धेरै हो । उनको बजरंगी भाइजान र सुल्तानले ३ सय करोड भारु कमाएको थियो ।

आइतबार चलचित्रले ४५ करोड कमाएको थियो जुन कुनै पनि हिन्दी चलचित्रले कमाएको सबैभन्दा धेरै रकम हो । 

चलचित्रले तीन दिनमा ११४.९३ करोड भारु कमाउँदै नयाँ किर्तिमान पनि बनाएको छ । यसअघि सुल्तानले १०५ करोड कमाएको छ ।

भारतमा मात्र नभएर चलचित्रले अमेरिका, क्यानाडा, दुबईमा पनि राम्रो गर्दैछ ।

लगभग १५० करोड भारुमा बनेको चलचत्रिले ३ सय करोड भारु कमाउने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप