सलमानले छोडेका यी चलचित्र जसबाट बने शाहरुख र आमिर स्टार
मुम्बई – बलिउड अभिनेता सलमान खान २७ डिसेम्बरबाट ५२ बर्ष पुग्नेछन् । कयौं सुपरहिट चलचित्रका काम गरेका सलमान खान अभिनित ‘टाइगर जिन्दा है’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ ।
सलमानको जीवनलाई नजिकबाट नियाल्ने हो भने उनले कयौ सुपरिहट चलचित्र रिजेक्ट गरेको देख्न सकिन्छ । उनले रिजेक्ट गरेका चलचित्र शाहरुख र अमिरको भागमा परेको देख्न सकिन्छ । जुन चलचित्रबाट शाहरुख र आमिर स्टार समेत बन्न सफल भएका छन् ।
ति चलचित्र यस्ता रहेका छन् ।
बाजिगर :

१९९३ मा सलमान खानलाई बाजिगर चलचित्रको अफर गरिएको थियो । तर, उनले अफरलाई रिजेक्ट गरेका थिए । अब्बास मस्तानीको यो थ्रिलर चलचित्रमा मूख्य नायकको नेगेटिभ रोल रहेको थियो । पछि यो चलचित्रमा सलमानलाई अफर गरिएको भुमिका शाहरुखले निर्बाह गरे । चलचित्र ब्लकबस्टर साबित भयो ।
दिलवाले दुल्हनिया ले जाएगे :

१९९५मा प्रदर्शनमा आएको यो चलचित्र यशराज ब्यानरमा निर्माण भएकोे थियो । चलचित्र अभिनयका लागि पहिले सलमान खानलाई अफर गरिएको थियो । तर, सलमानले चलचित्र अभिनय गरेनन् । पछि यो चलचित्रमा शाहरुख खान फाइनल भए । यो चलचित्रले बलिउडमा एक अलग रेकर्ड समेत बनाउन सफल भयो ।
जोश :

२००० प्रदर्शनमा आएको चलचित्र जोश पहिले सलमानको भागमा परेको थियो । ब्यस्तताका कारणले सलमानले यो चलचित्रका लागि समय मिलाउन सकेनन् । त्यसैले पनि निर्माण युनिटले शाहरुखलाई लिएर चलचित्र पुरा गरे । सलमानले चलचित्र अभिनयमा ऐश्वर्याका भाईको भुमिका निर्बाह नगर्न चाहेका कारण पनि फिल्म छोडेको चर्चा पनि थियो । चलचित्र सुपरहिट साबित भयो ।
कल हो ना हो:

२००३ को चलचित्र ‘कल हो ना हो’को सैफअली खानको रोल पहिले सलमानको लागि दिइएको थियो । सो समय शाहरुख र सलमान बिच मनमुटाव रहेको थियो । त्यस कारणले पनि शाहरुख अभिनय रहने भनेर सफलमानले यो चलचित्र छोडेका थिए ।
चक दे इन्डिया :

२००७को चलचित्र चक दे इन्डिया सलमानले गर्ने तय भएको थियो । सुटिङको ब्यस्तताले सलमानले चलचित्रका लागि समय दिन सकेनन् । पछि शाहरुखका लागि चलचित्र दिइयो । चलचित्र हिट समेत भयो ।
गजनी :

२००८मा प्रदर्शित चलचित्र हो ‘गजनी’ । आमिर खान अभिनित यो चलचित्र पहिले सलमानको अफर गरिएको थियो । सलमानले यसको अफर रिजेक्ट गरेका थिए । यो चलचित्र पनि सुपरहिट भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण