अब संसारले देख्ने गरी गोरखाबाट आर्थिक अभियान सुरु हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा भनेपछि नेपालमा मात्रै होइन संसारभर सुनिने गरेको बताए । गोरखा जिल्लाका वाम-लोकतान्त्रिक गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसारमै देखिने गरी आर्थिक अभियानको महाअभियान गोरखाबाट थालिने बताए ।
‘गोरखाको राजनीतिक गतिविधि देशभरीबाट राम्रोसँग देखिन्छ । संसारभरी नेपालभन्दा बढी गोर्खा परिचित छ । सबैतिर देखिन्छ सुनिन्छ । राजनीतिक कर्म, आर्थिक विकासको कर्म राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय महत्त्व पनि हुन्छ ’ प्रचण्डले भने, ‘एउटा सपना बोकेर गोरखाली जनताबीच आएको छु म । हामी सबै एक भयौ भने एउटा आर्थिक सम्बृद्धिको क्रान्ति गोरखाबाट गर्न सकिन्छ । गोरखाबाट सुरु गरियो भने नेपाल भरका लागि आर्थिक अभियानको थालनी हुने छ ।’
शान्ति प्रक्रियाका बाँकी काम समेत अब अन्तिम चरणमा पुगेको प्रचण्डले बताए । विस्तृत शान्ति सम्झौता गर्ने क्रमदेखि नै कांग्रेस र माओवादीबीच एक आपसमा हार्दिक सम्बन्ध बनेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण