यस्तो छ नागरिक उन्मुक्ति पार्टीको ‘एक प्रदेश एक संकल्प’
नागरिक उन्मुक्ति पार्टीले ‘एक प्रदेश एक संकल्प’ अघि सारेको छ । सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशालाको अवधारणा अघि सारिएको छ । यस्तै एक प्रदेश एक मल कारखाना, एक प्रदेश एक शिक्षण अस्पताल, एक प्रदेश एक हाइड्रोपावर हाउस, एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन अवधारणा अघि सारिएको छ । यस्तै रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्ने पनि घोषणापत्रमा उल्लेख छ ।
अबको केही प्रदेश सरकारमा पार्टीको जबरजस्त उपस्थिति रहने घोषणापत्रमा दाबी गरिनेछ । ‘हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ’, घोषणापत्रमा भनिएको छ, ‘‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
-
प्रत्यक्ष जलमार्गको सम्बन्धको सम्भावना खोज्दै बङ्गलादेश र माल्दिभ्स
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण