यस्तो छ नागरिक उन्मुक्ति पार्टीको ‘एक प्रदेश एक संकल्प’

नागरिक उन्मुक्ति पार्टीले ‘एक प्रदेश एक संकल्प’ अघि सारेको छ । सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशालाको अवधारणा अघि सारिएको छ । यस्तै एक प्रदेश एक मल कारखाना, एक प्रदेश एक शिक्षण अस्पताल, एक प्रदेश एक हाइड्रोपावर हाउस, एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन अवधारणा अघि सारिएको छ । यस्तै रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्ने पनि घोषणापत्रमा उल्लेख छ ।
अबको केही प्रदेश सरकारमा पार्टीको जबरजस्त उपस्थिति रहने घोषणापत्रमा दाबी गरिनेछ । ‘हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ’, घोषणापत्रमा भनिएको छ, ‘‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ सरकारको पत्र गण्डकी पुग्यो, मुख्यमन्त्री पाण्डेले सुरु गरे छलफल
-
दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
-
यातायात व्यवसायी र प्रहरीबिच तनाव (तस्बिरहरू)
-
उच्च बार पोखरामा राजनीतिक सहमति, अध्यक्षमा डीएलएको एकल उम्मेदवारी
-
लन्डनमा कुरान जलाउने व्यक्ति दोषी ठहर
-
सर्लाहीमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु