शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले गोरखाका यी ठाउँमा सम्बोधन गर्ने

बिहीबार, १७ कात्तिक २०७९, १७ : ४६
बिहीबार, १७ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ भोलि(शुक्रबार) गोरखामा हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका छन् । भोलि बिहान सातै बजे काठमाडौंबाट आफ्नो चुनावी क्षेत्रका कार्यक्रमलाई सम्बोधन गर्न पुग्ने भएका हुन् । 

प्रचण्डले शुक्रबार गोरखाको याङकोट, १० किलो, छेपेटार, आहाले र ठुलो आगनमा हुने चुनावी सभालाई उनको सचिवालयले जनाएको छ । ‘शुक्रबार हुने चुनावी सभालाई सम्बोधन गर्न कार्यतालिका बनाएको छ । कार्यतालिका बमोजिम अध्यक्षले सम्बोधन गर्नुहुने छ’ प्रचण्डको सचिवालयका एक सदस्यले भने- ‘शुक्रबार चार ठाउँमा हुने चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किनुहुनेछ ।’

अरु भेटघाट घर दैलो समेत गर्ने बताएको छ । आफ्नो क्षेत्रबाट फर्किएपछि प्रचण्डले पार्टीका अन्य नेताको चुनावी क्षेत्रमा पुगेर सम्बोधन गर्ने योजना बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप