बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्जय र सलमान मात्र होइन, बलिउडका यी कलाकारको नाममा समेत दर्ता छ आपराधिक मुद्दा

मङ्गलबार, ११ पुस २०७४, १४ : ३९
मङ्गलबार, ११ पुस २०७४

 
मुम्बई । विवादले कलाकारलाई चर्चा दिलाउने गरेको छ । केहीले कहिले कलाकारबाट गल्ती पनि हुने गरेका छन्, भने कहिले त्यतिकै नभएको आरोप समेत लाग्ने गरेको छ । अभिनेता संजय दत्त र सलमान खान मात्र होइन अपराधिक मामिलामा मुद्दा दर्ता भएका र सजाए समेत काटेका थुप्रै कलाकार छन् बलिउडमा । तिनको चर्चा यहाँ गर्न खोजिएको छ ।

सोनाली बेन्द्रे 
बलिउडकी सुन्दर हिरोइन मध्यकी एक हुन्–सोनाली । उनले जेल र कोटको चक्कर काट्नु परेको थियो । एक समय उनलाई रिलीजियम गु्रपको भावनामा आहात पुर्याएको आरोप लागेको थियो । पछि उनलाई जमानत समेत मिल्यो । यी अभिनेत्रीलाई यो मुद्दा दाग बनेर रहेको छ । 


  
जोन अब्राहम 
अभिनेता जोन अब्राहम मोटर बाइक प्रेमी हुन् । २००६ मा उनलाई बाइक प्रेम निकै महँगो पर्यो । यसैबर्ष जोनलाई अत्याधिक गतीमा बाइक चलाएको र दुई मानिसलाई घाइते बनाएको आरोप लाग्यो । यो मुद्दामा उनले १५ दिन जेलबस्नु पर्ने थियो ।

तर पछि जमानत मिलाइएको कारण उनी जेल बस्नबाट बचे ।

अंकित तिवारी 


बलिउडका चर्चित म्युजिक कम्पोजर र गायक हुन् अंकित तिवारी । रोमान्टिक गीतमा उनको बलिउडमा राज नै भन्दा फरक पर्दैन । गतबर्ष एक साथीले उनलाई बलात्कारको आरोप लगाएकी थिइन् । जसको कारणले उनी जेल समेत जानु परेको थियो ।

मधुबाला 


६० दशकको सफल अभिनेत्री मध्यकी एक हुन् मधुबाला । धेरै मानिसलाई थहा छैन होला । उनको बिरुद्ध पनि एक आरोप दर्ता भएको थियो । एक समयका चर्चित निर्माता बी.आर.चोपडाले उनी बिरुद्ध मुद्दा दायर गरेका थिए ।

सैफ अली खान 


बलिउडका छोटे नवाब सैफको नाम सलमानको मृग हत्या मुद्दामा समेत लिइएको थियो ।  तर त्यो त्यतिकै सेलायो । केही पहिले उनी श्रीमती सहित एक रेष्टुरेन्टमा पुगेका थिए । उक्त रेष्टुरेन्टमा उनको झगडा समेत भयो । लफडामा एक ब्यक्तिको नाक भाँच्चियो । रेष्टुरेन्टमा रहेका सबैले सो आरोप उनी माथि लगाए । उनी बिरुद्ध एक मुद्दा समेत दर्ता भयो । 

शाइनी आहुजा 


एक समयका चर्चित कलाकार शाइनी जेल समेत बसेका थिए । उनलाई आफ्नै घरमा काम गर्ने एक महिलाको यौनशोषण गरेको आरोप लागेको थियो । जब यो समाचार बलिउडमा सार्वजनिक भयो । पुरै चलचित्र क्षेत्र आश्चर्यचकित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप