बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुपचुप विवाह गरिन् इलियानाले !

मङ्गलबार, ११ पुस २०७४, १५ : ५०
मङ्गलबार, ११ पुस २०७४

मुम्बई । बलिउड नायिका इलियान डिक्रुजले सोशल मिडियामा शेयर गरेको फोटोले निकै चर्चा कमाइरहेको छ ।

यस पोष्टपछि धेरैले आशंका गरेका छन्, उनले गुपचुप विवाह गरिसकिन् ।

क्रिसमसको अवसरमा उनले एउटा फोटो सेयर गर्दै क्यापसनमा आफ्नो ब्वाईफ्रेन्ड एन्ड्रयु नीबोनलाई ‘हब्बी’ यानी पति भनेर सम्बोधन गरेकी छिन् ।

त्यही भएर इलियानाले एन्ड्रयुसँग गुपचुप विवाह गरेको आशंका गरिँदैछ ।

आफ्नो प्रेम सम्बन्धबारे खुला रहँदै आएकी इलियाना र एन्ड्रयुले किस गरेको फोटो बाहिर आएको थियो । 

यसअघि पनि इलियाना र एन्ड्रयुले अस्ट्रेलियामा विवाह गरेको खबर बाहिर आएको थियो । तर, दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

एन्ड्रयु अस्ट्रेलियाका फोटोग्राफर हुन् । दुवैको सम्बन्धबारे सबै जानकार छन् । केही वर्षअघि एक अवार्ड कार्यक्रममा पनि दुवै सँगै देखिएका थिए ।
दुई जना पछिल्ला ४ वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् ।

सन् १९८७, १ नोभेम्बरमा जन्मिएकी इलियानाले सन् २००६ मा देवदासु चलचित्रबाट डेब्यु गरेकी थिइन् । सन् २०१२ मा उनले अनुराग वासुको चलचित्र ‘बर्फी’ वलिउडमा डेब्यु गरिन् । त्यसपछि उनले फटा पोस्टर निकला हिरो, मे तेरा हिरो, रुस्तम लगायत चलचित्रमा काम गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप