१२ पास विराटलाई जुर्यो यति पढेलेखेकी अनुष्का
मुम्बई । वलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको मंगलबार दोस्रो रिसेप्सन आयोजना हुँदैछ ।
२१ तारिखमा दिल्लीमा भएको रिसेप्सनपछि क्रिकेटर्स र वलिउडका सेलेब्रिटीहरुलाई मुम्बईको होटल सेन्ट रेजिसमा रिसेप्सन राखिएको छ ।
अनुष्का र विराट दुवै आ–आफ्नो क्षेत्रमा सफल छन् । तर, के तपाईंहरुलाई उनीहरुको शैक्षिक योग्यताको बारेमा थाहा छ ?
मिडिया रिपार्टका अनुसार विराट कोहलीले १२ कक्षासम्म विशाल भारती पब्लिक स्कूलमा पढाई गरेका छन् ।
सन् १९९८ मा विराट कोहली वेस्ट दिल्ली क्रिकेट एमाडेमीमा आबद्ध भए । र, त्यहाँबाट उनले पूरा ध्यान क्रिकेटमा लगाए ।
उनका शिक्षक विराटलाई तेजश्वी विद्यार्थीको रुपमा सम्झन्छन् ।
स्नातकोत्तर गरेकी छिन् अनुष्काले
टाइम्स अफा इन्डियाका अनुसार अनुष्काले आर्टस्मा स्नातक र इकोनोमिक्समा स्नातकोत्तर गरेकी छिन् ।
एक अन्तर्वार्ताको दौरान उनले भनेकी थिइन्, ‘म स्कूल र कलेजमा टपर हुन्थेँ । तर, मलाई थाहा थियो, म मोडलिङ नै गर्छु भनेर ।’
‘मोडलिङको इच्छा भएपनि म पढाई सकेर मात्र यस क्षेत्रमा आउँ भन्ने थियो,’ अनुष्काले भनेकी थिइन्, ‘जब मानिसहरुले तपाईंहरुको छोरी मोडलिङ गर्न थालिन् नि भन्थे तब मेरो आमाबाबुले जवाफ दिन्थे – उनी स्कूलको टपर पनि हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण