एलन मस्कले कसलाई र किन ट्विटर खाता निलम्बन गर्ने चेतावनी दिए ?
ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ साइटमा चलिरहेको प्यारोडी खाताको बारेमा नयाँ जानकारी साझा गरेका छन् । ट्विटरमा एक प्रयोगकर्तालाई दिएको जवाफमा, मस्कले भनेका छन् – यदि कुनै खाताले आफूलाई प्यारोडी खाताको रूपमा स्पष्ट रूपमा घोषणा नगरी अरू कसैको पहिचान कपी गर्ने गतिविधि गर्दछ भने, त्यो खाता निलम्बित हुनेछ ।
यसबाहेक अर्को ट्वीटमा मस्कले भनेका छन्, ‘पहिले हामीले चेतावनी जारी गरिसकेका थियौँ तर ट्विटरले ठूलो मात्रामा अकाउन्ट भेरिफिकेशन गरिरहेको हुनाले आगामी दिनमा एकाउन्टमा कुनै किसिमको चेतावनी आउने छैन । यो ट्विटर ब्लू को लागी पहिलो सेट नियम हुनेछ ।’
एलन मस्कले थपेका छन्, ‘यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने, उसले अस्थायी रूपमा प्रमाणित निलो टिक गुमाउनेछ ।’ शनिबार, इयान वूलफोर्ड (@iawoolford) को प्रमाणित खाताबाट हिन्दीमा ट्वीटहरू गर्न थालियो ।
जसका कारण धेरैलाई भ्रम भयो कि एलन मस्क हिन्दीमा ट्विट गर्दैछन् । यस अकाउन्टबाट भोजपुरी गीतहरू पनि ट्वीट गरिएको थियो । यसपछि इयान वुलफोर्डको खाता निलम्बन गरिएको थियो ।
इयान वुलफोर्ड अमेरिकी नागरिक हुन् । उनी अष्ट्रेलियाको ल्याट्रोब विश्वविद्यालयमा हिन्दी पढाउँछन् ।
एलन मस्कले आफ्नो ट्वीटमा कसैको नाम भने लिएका छैनन् तर उनको बयानलाई यो घटनासँग जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण