प्रचण्डले मंगलबार कर्णालीका यी ठाउँमा सम्बोधन गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार विहान कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए ।
अध्यक्ष प्रचण्ड सहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने भएका छन् । मंगलबार प्रचण्ड सहित खड्काले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने धितालले बताए । गठबन्धनको पक्षमा माहौल बनाउन प्रचण्डसहित गठबन्धनका शीर्ष नेता कर्णाली जान लागेका हुन् ।
हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा ‘ख’बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन् । शाही प्रदेशको मुख्यमन्त्री भएकाले महत्त्वको साथ हेरिएको छ । यस्तै जुम्लाबाट हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर छिन् भने प्रदेश सभा ‘क’बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा ‘ख’बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् । कालिकोटबाट प्रतिनिधि सभामा माओवादी नेता महेन्द्रबहादुर शाही उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट दुर्गाबहादुर राउत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण