२२ कात्तिकमा जुम्ला आउँदै प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २२ कात्तिकमा साविकको माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् । प्रचण्डले एकैसाथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ ।
माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावीसभालाई सम्बोधन गर्नेछन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९ः ५० बजे आउने भएका छन् ।
यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बोधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः ३० मा कालिकोट जाने तालिका छ ।
जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख) मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण