शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतका लागि उडेका प्रचण्ड मौसम प्रतिकूलताका कारण खलंगामा अवतरण

मङ्गलबार, २२ कात्तिक २०७९, १० : ५५
मङ्गलबार, २२ कात्तिक २०७९

चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत हिँडेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  मौसम प्रतिकूलताका कारण सल्यान खलंगामा अवतरण भएका छन् । 

मौसममा सुधार आएसँगै आजै बिहान उनी खलंगाबाट सुर्खेत प्रस्थान गरेको बताइन्छ ।  ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रचण्डले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप