भूकम्प प्रभावितलाई क्षतिपूर्ति र उद्धारमा जुट्न प्रचण्डको अपिल
बुधबार, २३ कात्तिक २०७९, १० : ०९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दु:खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् ।
‘भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रभावित जनतालाई उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका कमरेडहरूलाई निर्देशित गर्न चाहन्छु’ मृतजनहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण