प्रचण्ड सचिवालयद्वारा भ्रामक समाचारको भर्त्सना, दुष्प्रचार गर्नेमाथि कारबाहीको माग
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बदनाम गराउने उद्देश्यले पछिल्लो समय प्रकाशित केही समाचारप्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले भर्त्सना गरेको छ । साथै त्यसरी दुष्प्रचार गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।
‘हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भएका विशाल जनसहभागितासहित सम्पन्न भएका चुनावी सभाहरूबाट अत्तालिएका जनविरोधी, राष्ट्रघाती र परिवर्तन विरोधी तत्त्वहरूको नियोजित उक्साहटमा अध्यक्ष कमरेड प्रचण्ड कर्णालीबाट फर्किनु भए पश्चात् केही सञ्चार माध्यममा सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो शीर्षकमा प्रकाशित समाचार प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सचिवालयले भनेको छ, ‘अध्यक्ष प्रचण्ड सुर्खेतबाट काठमाडौँ उडिसकेपछि फैलाइएको यस प्रकारको भ्रामक र कपोलकल्पित समाचारको घोर भर्त्सना गर्दछौँ ।’
त्यसै गरि केही दिनअघि पनि गोरखाको चुनावी अभियानमा ढुङ्गा प्रहार भन्दै झुटो र कपोकल्पित समाचार प्रकाशित भएको सचिवालयले जनाएको छ । ‘करिब १ दशक अगाडि काठमाडौँको जनप्रदर्शनको भिडियो मेन्सन गरी झुटो समाचार टिकटक लगायतका सामाजिक सञ्जालमा राखिएको थियो । यसरी निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वारहरुमाथि प्रतिगामी तत्त्वको इशारामा निरन्तर भइरहेको यस प्रकारका दुष्प्रचारको हामी सम्पूर्ण रूपले खारेज गर्दछौँ’, सचिवालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण