फेरि प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाए पनि उनले संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाए ।
तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । उनले भने– ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’ अध्यक्ष प्रचण्डले लिम्पियाधुरा लिपुलेक समेटेर नेपाली नक्सा ओलीले बाध्य भएर मात्रै बनाएको बताए । ‘उहाँले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो’, प्रचण्डको भनाइ छ ।
ओली कायर मान्छे रहेको भन्दै प्रचण्डले चुनावमा दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए । ‘जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली । त्यो गोहीको आँसु हो, सक्कली होइन’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण