हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।
चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुवै दल मिलेर नै गर्न सहज हुने बताए ।
“राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उनले भने, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”
अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एअरपोर्ट भिन्न रूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए । “चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो”, उनले भने, “निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।” उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण