बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नो बेइज्जत गर्ने जुहीसँग सलमानले यसरी लिएका थिए बदला

बुधबार, १२ पुस २०७४, १९ : १३
बुधबार, १२ पुस २०७४

मुम्बई । ९० को दशमा बलिउडमा शाहरुख, गोविन्दा, अमिर खान र अक्षय कुमारको राज चल्थ्यो । त्यही जुही चावला, करिश्मा कपुर, रानी मुखर्जी र रविना टन्डन हिरोइनको बोलबाला थियो ।

त्यही भएर नयाँ कलाकार त्यतिबेलाका चल्तीका हिरो, हिरोइन र निर्माता–निर्देशकसँग काम गर्न चाहन्थे । सलमान खानले पनि यस्तै सपना देखेका थिए ।

जुहीले तोडिन् सपना

सलमान खानको इच्छा जुही चावलासँग चलचित्र खेल्ने थियो । ९० को दशकमा एकपटक समय यस्तो पनि आएको थियो, जब सलमानको करियर ठीकसँग चलिरहेको थिएन । कयौँ फ्लप फिल्मपछि निर्माता–निर्देशक उनलाई फिल्ममा लिन हिच्किचाउँथे ।

तर, केही फिल्म निर्माता यस्ता पनि थिए, जो सलमानलाई भविष्यको सुपरस्टार मान्थे र उनलाई आफ्नो चलचित्रमा लिन चाहन्थे ।

यस्तै निर्माताले सलमानसँग चलचित्र खेल्ने अफर लिएर जुहीकोमा गएका थिए । त्यतिबेला जुहीको बोलबाला चल्थ्यो । उनी सुपरस्टार थिइन् । जुही चावला काम गर्न राजी भइन् तर, उनले एउटा शर्त तेर्साइन् ।

जुहीले सलमानको सटो अमिर खानलाई चलचित्रमा लिए मात्र चलचित्र खेल्ने बताइन् । सलमानलाई जब यो कुरा थाहा भयो, उनी निकै दुःखी भए ।

भाग्य खेल, त्यसपछि सलमानको राम्रो समय आउन थाल्यो भने त्यहीँ जुहीको स्टारडम फिका हुन थाल्यो ।

विस्तारै जुही चावला वलिउडबाट गायव भइन्, उनले सलमानसँग फेरि फिल्म खेल्न पाइनन् ।

मिडिया रिपोर्टका अनुसार जुहीले कयौँ पटक सलमानसँग फिल्म खेल्ने इच्छा जताएकी थिइन् । तर, सलमानले कहिल्यै पनि पूरानो दिन बिर्सेनन् । दिवाना मस्तानामा सलमानको केमियो भूमिकाबाहेक दुवैले विरलै स्क्रिन सेयर गरे । 

भनिन्छ बदला लिन एक पटक सलमानले जुहीलाई आफ्नो चलचित्रमा आमाको भूमिकासमेत अफल थिए, जसबाट जुही स्तब्ध बनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप