शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले आज गण्डकीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

सोमबार, २८ कात्तिक २०७९, ०९ : ०४
सोमबार, २८ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् ।  यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप