सुदनलाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदन किरातीलाई जिताए मन्त्री बनाएर पठाउने बताएका छन् । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदन किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताए ।
‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’ भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी निर्वाचित भए लगतै प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएका हुन् । किराती २०६४ र २०७४ सालका सांसद हुन् । तर, उनी निर्वाचित भएलगतै मन्त्री हुने सम्भावना पनि बढी देखिएको छ ।
यस्तै राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै प्रचण्डले यो गठबन्धन लामो समयसम्म जाने ठोकुवा गरे । ‘यो गठबन्धन विकास र समृद्धिका लागि गरिएको हो । यो तत्काल भत्किँदैन यो धेरै टाढासम्म सोचे गरिएको छ’ प्रचण्डले भने– ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउनेगरी लाग्नुस् ।’ यो चुनाव अग्रगामी र पश्चगामी बीचको लडाए भएकाले अग्रगामीहरुले चुनाव जित्नै पर्ने प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण