मस्कको चेतावनी – कडा परिश्रम गर वा अफिस छोड
अमेरिकी टेक व्यवसायी एलन मस्कले ट्वीटरका कर्मचारीहरूलाई इमेल लेखेर कि त मेहनत गर्न तयार हुन वा जागिर छोड्ने तयारी गर्न अल्टिमेटम दिएका छन् ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले यो मुद्दामा प्रकाशित रिपोर्टमा बताए अनुसार मस्कले आफ्ना कर्मचारीलाई बिहीबारसम्म कडा परिश्रम गर्न वा जागिर छाड्ने निर्णय गर्न भनेका छन् ।
मस्कले आफ्नो मेलमा ट्वीटरलाई आगामी दिनमा सफल बनाउन निकै मेहनेत गर्नुपर्ने पनि बताएका छन्, जसको अर्थ धेरै मिहिनेतका साथ लामो समयसम्म काम गर्नुपर्नेछ । केवल उत्कृष्ट कार्यसम्पादनले मानिसहरूलाई आफ्नो पदमा रहन सर्त हुने पनि इमेलमा बताइएको छ ।
करिब ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि, मस्कले कम्पनीमा धेरै संरचनात्मक परिवर्तनहरू गरिरहेका छन् । यसमा ट्विटरको ब्लु टिक प्रमाणीकरणको लागि शुल्क लागू गर्ने नीति पनि समावेश छ ।
मस्कले आगामी दिनमा फेरि एकपटक ब्लू ट्विटर लन्च गर्न लागेका छन् । र यी परिवर्तन अघि, मस्कले ट्विटरबाट ३५ हजारभन्दा बढी कर्मचारीहरूलाई निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण