शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्ड चितवनमा

शनिबार, ०३ मङ्सिर २०७९, १७ : ५४
शनिबार, ०३ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । अध्यक्ष प्रचण्ड आइतबार हुने आम निर्वाचनमा मत हाल्न चितवन पुगेका हुन् । प्रचण्ड शनिबार अपरान्ह भरतपुर विमानस्थलमा अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।  

अध्यक्ष प्रचण्डले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप