शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

आइतबार, ०४ मङ्सिर २०७९, १० : ४४
आइतबार, ०४ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् । 

आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण्ड गोरखा पुगेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन गएका थिए । मतदानपछि प्रचण्ड गोरखा जाने कार्यक्रम तय भएको थियो । सोही अनुसार प्रचण्ड गोरखा पुगेर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कुन्दुनटार मतदाता केन्द्रको अवलोकन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप