विवाह गर्छु भनेर पछि लाग्ने धेरै थिए : रवि डंगोल ‘का बेइमान’
काठमाडौं – हाँस्यकलाकार रवि डंगोल नामले भन्दा पनि थेगोले चिनिन्छन् । उनले सानो पर्दाको हाँस्य श्रृंखला ‘तितो सत्यमा’ अभिनयमा बोलेको थेगो ‘का बेइमान’ अहिले पनि दर्शकले भुल्न सकेका छैनन् । उनलाई कति साथी भाइले त बेइमान रवि समेत भनेर सम्बोधन गर्ने गरेका छन् ।
अभिनयमा हिट भईरहदा सानोपर्दाबाट एकाएक हराएका रवि अहिले निर्देशकको रुपमा देखिएका छन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘फिर्के’ यहि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ‘फिर्के’ मा ऋचा शर्मा, अर्पण थापा, सृष्टि पौडेल, सुलेमान शंकर लगायत करिब दर्जन बढी चिनिएका अनुहार छन् । कमेडी जनरामा बनेको यो चलचित्रले व्यवसाय राम्रो गर्ने उनको दाबी छ ।
‘फिर्के’ कलाकार सुलेमान शंकर ‘इकु’ले निर्माण गरेका हुन् । चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको गीत तथा प्रोमोले पनि अहिले दर्शक तताई रहेका छन् । थुपै नेवारी र छोटा चलचित्र निर्देशन अनुभव ‘फिर्के’मा आफुले खन्याएको रविले बताए ।
पछिल्लो समय निर्माण भएका चलचित्रबाट दर्शक निरास भएका छन् । केही चलचित्र हेर्ने दर्शकले निर्माण युनिलाई समेत गाली गरेको यर्थात कसैसँग लुकेको छैन । रवि आफ्नो चलचित्र ‘फिर्के’ दर्शक मज्जाले हसाउँने बताउँछन् ।
कलाकारितामा स्पष्टवक्ताको रुपमा चिनिएका रविको थुप्रै युवायुवती समेत फ्यान रहेका छन् ।
ती फ्यानमा पनि विवाह गर्छु भन्दै पछि लाग्ने पनि त होलान् नि ? प्रश्न नसकिदै उनले उतर फर्काए, ‘अहिले तर त्यस्ता केही छैनन् । ‘तितो सत्य’ अभिनय गर्दा विवाह गर्नु भन्दै पछि लाग्ने धेरै थिए ।’
हेर्नुहोस् रविसँगको कुराकानी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण