चलचित्र जीरोमा कसरी पुड्को बने शाहरुख ?
मुम्बई । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाउँदैछन् ।
यस फिल्मको टिजर लञ्चमा शाहरुखले यो भूमिका रच्नका लागि निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ । यसलाई बनाउन मात्र दुई वर्ष समय लागेको थियो ।
निर्देशक आनन्द एल रायको यस चलचित्रमा विभिन्न प्रकारको भिजुअल इफेक्टको प्रयोग गरिएको छ, जसको काम शाहरुखको कम्पनी रेड चिलिज भिएफएक्सले गरेको छ ।
यसअघि पनि चलचित्र जानेमनमा अनुपम खेरलाई र अप्पु राजामा कमल हसनलाई पनि पुड्को बनाइएको थियो ।
हलिउडमा यस्तो इफेक्टको धेरै प्रयोग हुने गरेको छ ।
फोर्स्ड पर्सपेक्टिभ
‘फोर्स्ड पर्सपेक्टिभ’ मा अप्टिकल इल्यूजनको मद्दतले कुनै वस्तुलाई सानो , ठूलो, टाढा वा नजिक देखाउन सकिन्छ । यस्तो प्रविधि हामी सामान्य रुपमा पनि गर्छौँ, जस्तै हातमा ठूलो भवनलाई उचालेको जस्तो गरेर फोटो खिच्ने वा कुनै भवनलाई सानो देखाएर ।
शाहरुखको चलचित्रमा यस्तो इफेक्ट देखाउन विदेशबाट समेत विशेषज्ञहरु बोलाइएको छ । हलिउडको चलचित्र द हबिट, लर्ड अफ द रिङ्ग्स आदिमा कयौँ व्यक्तिलाई पुड्को देखाइएको थियो ।
लर्ड अफ द रिङ्गमा छानो र ठूलो कद भएका पात्रहरुको अलग अलग सुटिङ गरेर पछि एकै साथ मिक्सिङ गरिएको थियो ।
क्रोमा
यसको साथै चलचित्रमा क्रोमाको पनि प्रयोग गरिएको छ । यसमा हरियो पर्दामा सुटिङ गरेर ब्याकग्राउण्ड परिवर्तन गरिन्छ ।
शाहरुखले जिरो फिल्मको टिजर रिलिज गर्न अघि सुटिङको एउटा तस्विर ट्वीट गरेका थिए जसमा क्रोमाको प्रयोग भएको देख्न सकिन्छ ।
शाहरुखको यो चलचित्रमा अनुष्का शर्मा र कटरीना कैफको पनि मुख्य भूमिका रहनेछन् । यो चलचित्र सन् २०१८ को डिसेम्बर २१ मा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण