हर्क साम्पाङद्वारा क्षमायाचना
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो एउटा फेसबुक स्टाटसको विषयमा क्षमा मागेका छन् । उनले गत मंसिर २८ गते फेसबुक स्टाटसमा विरोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्द उल्लेख गरेका थिए ।
सो विषयमा राष्ट्रिय दलित आयोगले पनि आपत्ति जनाएको थियो । साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन् ।
‘मिति २०७९/०८/२९ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदै कसैलाई ठेस पुर्याउने नियतवश सो स्टाटस पोष्ट नगरेको जानकारी गराउँदछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण