सबैलाई खुसी बनाउन आफू नाङ्गो हनुपर्ने स्थिति छ – सुलेमान शंकर ‘इकु’
काठमाडौं – सुुलेमान शंकर ‘इकु’ यहि शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फिर्के’का हिरो हुन् । उनकै निर्माण र कलाकार रवी डंगोलले निर्देशन गरेको यो चलचित्रले अहिले राम्रो व्यवसाय गरिरहेको निर्माण युनिटको दाबी रहदै आएको छ ।
सानो पर्दाको चलचित्र ‘मेरी बास्सै’ मा गरेको अभिनयबाट इकुको परिचय बनाएका शंकरले यस अगाडि ‘इकु’ र ‘इकु ब्याक अगेन’ चलचित्र ल्याएका थिए । कमेडी बिषयमा चलचित्र निर्माण गरेर दर्शक हसाउँदै आएका शंकरले ‘फिर्के’ पाँच बर्षको अन्तरालमा ल्याएका हुन् ।
एक समय दर्शकमा राम्रो क्रेज बनाएका शंकरले अहिले पनि दर्शकमा आफ्नो क्रेज रहेको बताए । ‘इकु’को भूमिका निर्वाह गरेपछि ‘इकु’ परिचय पाएका उनले ‘फिर्के’ले परिचय फेर्ने समेत बताए ।
भूकम्पमा आमाबुबा गुमाएका दश बालबालिकालाई संरक्षण गर्दै आएका उनी दर्शकले आफूलाई हिरो क्यारेक्टरमा रुचाएको बताउँछन् । ‘अहिले चलचित्रको हिरो भनेको क्यारेक्टर नै हो’ सुलेमानले भने ‘दर्शकले बडी बिल्डर भएको हेर्दामा राम्रो हिरो भन्ने मानसिकता छोडी सके ।’
अभिनेता शंकरले चलचित्र अभिनय भन्दा निर्माण गाहे रहेको बताए । उनले थपे ‘चलचित्र निर्माण भनेको सबैलाई खुसी बनाएर आफू नाङ्गो हुने बिधा हो ।’
चलचित्रमा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।
‘इकु’ अर्थात सुलेमानसँगको भिडियो कुराकानी
भिडियोमा समस्यामा भए यहाँ क्लिक गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण