‘सुल्तान’को रेकर्ड तोड्दै ‘टाइगर’ ३ सय करोड क्लबमा
मुम्बई । सलमान खान र कटरीना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ले बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार घरेलु बक्सअफिसमा फिल्मले मात्र १६ दिनमा ३००.८९ करोड कमाई गरेको हो ।
फिल्मले अमिर खानको ‘धुम ३’ (२८४ करोड) र ‘सुल्तान’ (३००.४५) करोडको रेकर्ड पनि तोडेको छ । यसको साथै यो यशराज ब्यानरको सबैभन्दा कमाऊ चलचित्र बनिसकेको छ ।
टाइगर जिन्दा हेले मात्र ३ दिनमा १ सय करोड कमाएको थियो । अली अब्बास जफरको निर्देशनमा बसेको यो चलचित्र सन् २०१२ मा बनेको एक था टाइगरको सीक्वल हो ।
आफ्नै चलचित्रको रेकर्ड तोड्ने चुनौति
कटरीना कैफको भने यो अहिलेसम्म कै सबैभन्दा धेरै कमाई गर्ने चलचित्र हो । टाइगर जिन्दा हे अघि सलमानको चलचित्र बजरंगी भाइजानको लाइफटाइम कलेक्सन (३२० करोड) को रेकर्ड तोड्ने चुनौति छ ।
ट्रेड एनालिस्टहरुका अनुसार टाइगर जिन्दा हेको कमाईको ट्रेन्डलाई हेर्दा यसले बजरंगी भाइजानको किर्तिमानलाई पनि तोड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण