तेल तस्करको पहिलो रोजाई भैरहवा, यसरी हुँदैछ संगठितरुपमै तस्करी

भैरहवा– प्रहरीको मौन सहमति, खुल्ला सीमा र लाचार प्रशासनको कारण भैरहवा पेट्रोलियम पदार्थको तस्करहरुको लागि पहिलो रोजाई बनेको छ ।
भैरहवा तथा यस आसपास रहेका भारत सित सीमा जोडिएका बिभिन्न नाकाहरुमा मेला लागे झै पेट्रोलियम पदार्थको तस्करी भैरहेको छ । कालोबजारी रोक्ने प्रशासन कार्यालय र तस्करी रोक्ने सुरक्षा निकाय मौन छन् ।
प्रहरी तथा स्थानिय प्रशासनको लाचारी र तस्करहरुको मनोबल कति सम्म बढ्दै गएको छ भने अहिले पहिला सीमामै डिजल, पेट्रोल बिक्री गर्दै आएका तस्करहरु अहिले भैरहवाको बर्मेली टोल, लुम्बिनी रोड, पडसरी सम्म तेलको आपूर्ति गर्दै आई रहेका छन् । भैरहवा पेट्रोलियम पदार्थ लिन आउने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा ईन्धनको अभाव भएको मौका छोपी केही नेपाली ब्यापारी सहित अधिकांश भारतीय तस्कहरु मोटो रकम कुम्ल्याई रहेका छन् ।
सीमानाका बेलहिया, केवटलिया, नौडिहवाका केही ब्यापारीहरुले भारतीय तस्कर पोसेका छन् ।भारतीय तस्करहरु ले पेट्रोलियम पदार्थ मोटरसाईकल, साइकल, ट्रयाक्टर लगायतका साधनमा बोकेर ल्याई नेपाली ब्यापारीहरुलाई बिक्रि गर्ने गरेका छन् ।
भारतीय तस्कहरुसित खरिद गरिएका पेट्रोलियम पदार्थ ब्यापारीहरुले महङ्गो शुल्क लिई नेपालका बिभिन्न स्थानमा पुरयाउने गरेका छन् । भैरहवाबाट बिभिन्न स्थानमा जाने प्रत्येक बस, ट्रक लगायत अन्य सवारी साधनहरु पेट्रोलियम पदार्थको तस्करीको लागि प्रयोग भै रहेका छन् । अझ पछिल्लो समयमा त भारतीय तस्कहरुले सोझै नेपाली चालक तथा अन्य ब्यापारीहरुलाई सम्पर्क गरि तेल बिक्रि गर्ने गरेको छन् । भारतीय तस्कहरले साईकलमा बोकेर ल्याएका डिजल लुम्बिनी रोड, बुद्धचोक लगायतका स्थानमा रहेको सवारी साधनलाई खुलेआम बिक्रि गरि रहेका हुन्छन् ।
अलि जानेका सवारी चालक भने दशगजामै पुग्ने गरेका छन । भैरहवा भन्सार कार्यालयको पछाडी, नौडिहवा, केवटलिया लगायतका स्थानमा भारतबाट ल्याईएको डिजल तथा पेट्रोलहरु सोझै ड्रमका ड्रम ट्रिपर, ट्रक लयातका साधनमा राखी नेपालको बिभिन्न स्थानमा पुरयाईने गरिएको छ ।
बेलहियामै बस्ने सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिष्णु शर्माले बेलहियामा भएको तेलको कारोबारलाई “सोमालियामा भएको रोग नेपाल सरेको” भनि टिप्पणी गरेका छन । शर्माको अनुसार सोमालियामा पनि पेट्रोलपम्पमा तेल नभई घर घरमा हुने गरेको अवश्था रहेको र अहिले सोही अवश्था नेपालमा पनि आएका बताउछन् । उनले बेलहियाका प्रत्येक पसल, घरमा धेरै थोरै परिमाणमा पेट्रोलियम पदार्थ राखिएको र यसले भविष्यमा डरलाग्दो घटना हुन सक्ने अवश्था आउने बताए । प्रशासनले पनि यस्तो कारोबारलाई अनुगमन नगरेको उनको गुनासो छ । नेपालमा तेलको अभाव छ, यस्तो अवश्थामा एउटा निश्चित स्थान तोकेर मात्र कारोबार गर्न दिनु पर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
-
गणतन्त्र दिवसका दिन अभिनेत्री मनीषा कोइराला लेख्छिन्-‘संवैधानिक राजतन्त्र आवश्यक छ’
-
संसद् बैठक बस्नुअघि रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै
-
फाइनल प्रवेशको लक्ष्यसहित प्ले–अफ चरणमा पहिलो पटक भिड्दै पन्जाब र बेंगलुरु
-
लस एन्जलसको ‘हाउस अफ ब्लुज’ मा गुन्जियो नेपथ्यको लोक रक
-
‘निजी क्षेत्रको मनोबल बढाउने गरी आउँदै छ उद्योग मन्त्रालयको बजेट’