गणतन्त्र दिवसका दिन अभिनेत्री मनीषा कोइराला लेख्छिन्-‘संवैधानिक राजतन्त्र आवश्यक छ’
सारांश
- अभिनेत्री मनीषा कोइरालाले नेपालमा संवैधानिक राजतन्त्र आवश्यक रहेको र हिन्दु अधिराज्यको रूपमा पहिचान पुनःस्थापना गर्नुपर्ने बताइन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै राजनीतिक दलहरूभन्दा माथि रहने संवैधानिक राजतन्त्र राष्ट्रिय एकताको प्रतीक हुनसक्ने विचार व्यक्त गरिन्।
- कोइरालाले वर्तमान राजनीतिक प्रणालीमा भ्रष्टाचार व्याप्त रहेको र जनता, संस्कृति र राष्ट्रिय मूल्यको रक्षा गर्ने गैर-राजनीतिक संस्था आवश्यक रहेको उल्लेख गरिन्।
काठमाडौँ । बलिउडमा समेत आफ्नो अलग्गै छाप छाड्न सफल अभिनेत्री मनीषा कोइरालाले संवैधानिक राजतन्त्र आवश्यक रहेको बताएकी छन् । उनले नेपालले शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्ने धारणा उनको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले राजतन्त्रको समेत वकालत गरेकी छन् । ‘आजको दिन मेरो लागि गहिरो आत्मचिन्तनको हो — एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्दछ । म आज मेरो सार्वजनिक मञ्च —फेसबुकबाट बोल्दै छु, किनभने मलाई लाग्छ अब भावना होइन, सत्य र इमानदारीसाथ नेपालको दिशाबारे संवाद गर्नुपर्ने समय आएको छ’, उनले अगाडि लेखेकी छन् ‘म स्पष्ट रूपमा विश्वास गर्छु कि नेपालले संसारको एक मात्र शान्तिपूर्ण हिन्दु अधिराज्यको रूपमा आफ्नो पहिचान पुनः स्थापना गर्नुपर्छ — जहाँ शासन बल वा कट्टरताले होइन, आध्यात्मिक मूल्य, सांस्कृतिक निरन्तरता, र राष्ट्रिय एकताले निर्देशित हुन्छ ।’
‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ — जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन्। दलहरू प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन्, र सरकार बनाउँछन्’, उनी अगाडि थप्छिन् ‘तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ ।’ आजको राजनीतिक प्रणाली गहिरो भ्रष्टाचार परेको समेत उनको भनाई छ ।
उनले अहिलेको आवश्यकता एक गैर–राजनीतिक संस्था भएको भएको बताएकी छन् । भन्छिन्, ‘जसले जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रणको काम गर्न सकोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण