३ सय ठाउँमा कैँचीपछि रिलिज हुँदै ‘पद्मावत’
मुम्बई । निर्देशक सञ्जय लिला भन्सालीको चलचित्र ‘पद्मावत’ २५ जनवरीमा रिलिज हुने भएको छ । तर, चलचित्र रिलज हुनअघि सेन्सरले चलचित्रमा थुप्रै ठाउँमा कैँची लगाउने भएको छ ।
भारतीय सञ्चार माध्यममा प्रकाशित एक रिपोर्टका अनुसार चलचित्रमा उल्लेख गरिएका दिल्ली, चितौड र मेवाड जस्ता नाम हटाइनेछ ।
रिपोर्टका अनुसार २५ जनवरीमा देखाइने फिल्म अब पूरै काल्पनिक कथा वस्तुमा आधारित भएको जस्तै गरी प्रस्तुत गरिन्छ ।
किनभने चलचित्रबाट नाम हटाएपछि यो घटना कहाँ घटेको हो भन्ने दर्शकहरुले थाहा पाउन सक्नेछैनन् ।
दर्शकलाई यो पनि थाहा हुने छैन कि अलाउद्दिन खिलजी कहाँबाट आए र कहाँ गएर राजपूतसँग उनीहरुको युद्ध भयो ।
चलचित्रको रि–इडिटिङ जारी
अहिले सेन्सर बोर्डले दिएको सुझाव अनुसार चलचित्रको रि–इडिटिङ भइरहेको छ । रिपोर्टका अनुसार चलचित्रमा भनिएका ठाउँको नामलाई काल्पनिक नाम दिइनेछ ।
अझै चलचित्र रिलिज गर्न विरोध
सेन्सरबोर्डले चलचित्रको नाम बदल्न सल्लाह दिँदै चलचित्रलाई युए सर्टिफिकेट दिएपछि राजपूत समूदाय विशेष गरेर करणी सेनाले अझै पनि चलचित्रको विरोध गर्दै आइरहेको छ । सेनाले चलचित्र रिलिज गरिए फिल्म हल तोडफोड गर्ने धम्की दिएको छ ।
यता, राजस्थान सरकार पनि राजपूत समुदायको साथ उभिएको छ । राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजेले प्रदेशमा चलचित्र प्रतिबन्धित रहेको बताइन् । यता मध्य प्रदेशमा भने भाजपा यस विषयमा नम्र रहने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण