चर्चित शो बन्द भएपछि के गर्दैछन् कपिल शर्मा ?
मुम्बई । भारतीय कमेडियन कपिल शर्माको फ्यानको मनमा अहिले एउटा प्रश्न हुनसक्छ । आजभोलि के गर्दै छन् कपिल ? करिब छ महिना अगाडि कपिलको कमेडी शो बन्द भएको थियो । उक्त समय शो बन्द हुनुको कारण कपिलको खराब स्वास्थ्य र प्रदर्शनको तयारीमा रहेको उनी अभिनित चलचित्र फिरंगी बताइएको थियो । कपिल छिट्टै शोमा फर्किने छन् भनिएको थियो ।
तर अहिले कपिलको चलचित्र रिलिज भइसकेको छ । उनको स्वास्थ्य पनि ठीक देखिएको छ । तर कपिलको कमब्याकको केही आधिकारिक खबर आएको छैन ।
अधिकांश समय सोशल मिडियामा सक्रिय रहने कपिललाई अहिले त्यति सक्रिय पनि देख्न सकिन्न । उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही तस्बिर शेयर गर्दछन् । तर धेरै सक्रिय रहँदैनन् ।
यस्तोमा हरेकको मनमा एउटा प्रश्न उठ्न सक्छ । आखिर के गर्दै छन् कपिल ? यसको जवाफ कपिलले हालै इस्टग्राममा शेयर गरेको स्नैपचैट भिडियोमा लुकेको देख्न सकिन्छ ।
‘मैले सुन्तला धेरै खाने गरेको छु । त्यसैले मेरो मुख पनि सुन्तला जस्तो भएको छ ।’ धेरै दिन पछि कपिलको यस्तो रमाइलो मजाक दर्शकले देख्न पाएका हुन् । त्यसैले पनि कपिल शोमा कमब्याक गर्न लागेको अनुमान धेरैको रहेको छ ।
टिभीमा उनको छिट्टै कमब्याक हुने प्रतिक्षामा फ्यान रहेका छन् । जसको अनुमान उनले सार्वजनिक गरेको एक छोटो भिडियोले पाएको दर्शकबाट पनि लगाउन सकिन्छ । छोटै समयमा यो भिडियोले १३ लाख बढी दर्शक पाएको छ । भिडियोमा दर्शकले उनको कमेडी मिस गरेको कमेन्ट समेत गरेका छन् ।
कपिल टिभीमा फेरि शो मार्फत फर्किदै छन् । केही अगाडि सोनी इन्टरटेमेन्ट टेलिभिजनले कपिल शर्माको कमब्याकको समाचार समेत बनाएको थियो । जुन शोमा सुनील ग्रोवर समेत रहने छन् । ग्रोवरसँग कपिलको केही पहिले झगडा समेत थियो । तर अहिले यी दुबै एकसाथ देखिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण