पिताको घर छाडेर प्रेमिकासँग नयाँ घरमा सर्दै वरुण
मुम्बई । एकपछि अर्को हिट फिल्म दिएर वरुण धवन बलिउडका नयाँ सुपरस्टार बनिसकेका छन् । हालमै वरुण धवनले मुम्बईको बान्द्रा क्षेत्रमा नयाँ घर किनेका छन् ।
जसको ओपनिङमा कयौँ सेलिब्रिटी र साथीहरु पुगेका थिए । यस दौरान उनको कथित प्रेमिका नताशा दलाल पनि देखिएकी थिइन् ।
तर, अहिले खबर छ कि वरुण पिता डेविड धवनलाई घर छाडेर गर्लफ्रेन्डसँग यस नयाँ घरमा सर्ने भएका छन् ।
भारतीय मिडियाका अनुसार आलिया भट्ट र वरुण धवन नजिक भए पछि उनको प्रेमिकाबीच मनमुटाव बढ्न थालेको थियो ।
यसको साथै चलचित्रको सुटिङमा वरुण व्यस्त हुन थालेपछि प्रेमिका नताशालाई समय दिन पाइरहेका थिएनन् । वरुण हाल ‘अक्टुबर’ को शुटिङ सकेर ‘सुई–धागा’ को शुटिङमा व्यस्त छन् ।
यस्तोमा उनले पिताको घर छाडेर नताशासँग बान्द्राको नयाँ घरमा सर्ने निधो गरेका हुन् ।
वरुण र नताशा बाल्यकालदेखि कै साथीहरु हुन् । उनीहरु एउटै स्कूलमा पढेका थिए ।
दुई जना कयौँ कार्यक्रम र पार्टीमा सँगै देखिने गरेका छन् । यद्यपि, दुवैले कहिले पनि आफ्नो प्रेम सम्बन्धको बारेमा आधिकारिक रुपमा स्वीकार भने गरेका छैनन् ।
यसअघि दुवै जना एउटा फ्ल्याटमा सँगै बस्न थालेको खबर पनि आएको थियो । तर, वरुणका पिता डेविड धवनले लिभ इन रिलेशनशीपमा बस्न अनुमति नदिएपछि वरुणले नयाँ घर किनेका थिए । अब दुवै चाँडै नयाँ घरमा सर्ने समाचारमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण