केटाबाट केटी बनेर सैफको हिरोइन बन्दै यी नायिका
मुम्बई । सैफ अली खान नयाँ चलचित्र ‘कालाकान्डी’ मा देखिँदैछन् । यसमा सैफसँग नायिका बनेर देखिँदैछिन्, नैरी सिंह ।
वास्तवमा नैरी सिंह पहिले पुरष थिइन् । पुरुषबाट महिला बन्ने आफ्नो सफर सहज नभएको उनी बताउँछिन् । नरेन्द्र सिंहबाट नैरी सिंह बन्ने प्रक्रियाबारे उनी बताउँछिन्, ‘सानैदेखि मेरो बहिनीहरु मलाई घाँघरा लगाइदिन्थे र टिका लगाइदिन्थे ।’
टिभीमा सफल भएपछि नैरीले पुरुषबाट महिला हुने निधो गरिन् । यसबीच उनले बलिउडका चलचित्र ‘तमाशा’ र ‘मम’ गरिन् । अहिले उनी सैफसँग कालाकान्डीमा देखिँदैछिन् ।
नैरी भन्छिन्, ‘एक पटक मुकेश छाबडा (तमाशा का कास्टिङ निर्देशक) सँग् भेट भयो । उनले मलाई अडिसनका लागि बोलाए । एक महिनापछि उनले मलाई समलिङ्गीको भूमिका दिने बताए । तर, म यस्तो भूमिकाबाट बच्न चाहन्थे । तर, जब मैले चलचित्रमा रणवीर कपूर रहेको थाहा पाएँ मैले त्यसलाई नकार्न सकिँन । रणवीर मेरो सबैभन्दा प्रिय कलाकार हुन् । इम्तियाज अलीले मलाई राम्रो व्यवहार गरे । उनले मलाई कहिले पनि दीपिका पाडुकोणभन्दा कम सम्मान दिएनन् । सेटमा राम्रो ख्याल राख्थे ।’

अक्षत वर्माको निर्देशनमा बन्न लागेको कालाकान्डीका लागि नैरी निकै उत्साहित छिन् ।
आफ्नो को–स्टार सैफबारे नैरी भन्छिन्, ‘रिहर्सलको दौरान जब पहिलो पटक सैफले मसँग भेटे उनले मलाई माथिदेखि तलसम्म हेरे अनि भने – तपाईँ निकै सेक्सी देखिनुहुन्छ । म तपाईंलाई अंकमाल गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण