हनिमुन मनाउन गएकी नायिकामाथि आइलाग्यो आपत्, हेलिकप्टरबाट उद्धार
मुम्बई । सन् २०१२ मा हेट स्टोरी स्टोरीबाट बलिउडमा डेब्यु गरेकी पाउली दाम यतिबेला हनिमुन मनाउन स्वीटजरल्याण्डमा छिन् । तर, त्यतिनै बेला उनीमाथि आपत् आइलाग्यो ।
पाउली र उनका पति अर्जुन देव स्वीटजरल्याण्डको गार्नग्रेटस्थित एक रेस्टुरेन्टमा बसिरहेका थिए । त्यही बेला त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । जसको कारण त्यस क्षेत्रसँग सम्पर्क टुटेको थियो ।
रेलवे सेवादेखि बाँकी सबै बाटो बन्द भएको थियो । जसले गर्दा रेस्टुरेन्टमा फँसेका उनी लगायत अन्य पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्न परेको थियो ।
पाउलीले गत डिसेम्बर ४ मा गुवाहटीका एक रेस्टुरेन्टका मालिक अर्जुन देवसँग विवाह गरेकी थिइन् ।
बंगाली रितिरिवाजमा गरिएको विवाहमा दुवै परिवारका सदस्यसहित सिमित पाहुनाहरु उपस्थित थिए ।
पछिल्लो दुई वर्षदेखि पाउली र अर्जुन एक अर्कालाई डेट गरिरहेका थिए ।
पाउलीले हेट स्टोरीबाहेक अंकुर अरोडा मर्डर केस, गैंग अफ घोस्टस र यारा सिली सिली लगायत चलचित्रमा काम गरेकी छिन् ।
उनी बंगाली चलचित्रमा निकै सक्रिय रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण