चलचित्रमा भूमिका पाउन यौन शोषणको शिकार भए यी बलिउड अभिनेत्री
मुम्बई – बलिउड जति आकर्षणको केन्द्र बनेको छ, त्यो भित्र त्यति नै पीडाहरु पनि गुम्सिएका छन् । बलिउडका बिषयमा कयौँपटक यस्ता कुराहरु बाहिर आएका छन् जसलाई विश्वास गर्न जो कोहीलाई पनि कठिन हुने गर्दछ । आज चलचित्र क्षेत्रको त्यस्तो घृणित सत्यतालाई बाहिर ल्याउने कोसिस गरिएको छ जसलाई चलचित्र क्षेत्रले ‘कास्टिङ काउच भन्ने गरेको छ । कयौँ अभिनेत्रीहरु यसको शिकार भएका छन् । तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन् ।
कंगना रानावत
यो लिष्टमा सबैभन्दा अगाडि कंगना पर्ने गरेकी छन् । अभिनयबाट कंगनाले ३ राष्ट्रिय पुरस्कार जितिसकेकी छन् । तर, शुरुवाती दिनहरुमा संघर्ष गरिरहँदा उनी कास्टिङ काउचको शिकार बनेकी थिइन् ।
ममता कुलकर्णी
९० दशककी चर्चित अभिनेत्री ममता पनि यसको शिकार भएकी छन् । चलचित्र क्षेत्रका एक ठुलो निर्देशकले आफ्नो शोषण गरेको खुलासा उनले गरेकी थिइन् ।
रीना गोलान
रीनाले बलिउड अभिनयमा त्यस्तो कमाल त देखाउन सकिनन् । तर यी अभिनेत्रीले पनि चर्चित निर्माता निर्देशक सुभाषविरुद्ध यौन शोषणको गम्भिर आरोप लगाएकी थिइन् ।
कल्की कोचलिन
कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन् । थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन् । उनले पनि चलचित्र क्षेत्रमा आफ्नो शौन शोषण भएको सार्वजनिक गरेकी थिइन् ।
टिस्का चोपडा
बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले । उनले आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिइन् ।
पायल रोहतनी :
पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन् । उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि आफूलाई यौनशोषणको आरोप लगाएकी थिइन् । यो बिषय मिडियामा पनि चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण