समलिंगी नाइटक्लबमा गोलीकाण्ड : ५० जनाको मृत्यु
ओर्लान्डो – अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा रहेको एक समलिंगीहरुको नाइटकल्बमा एक व्यक्तिले अन्दधुन्द गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
स्थानीय पल्स क्लबमा भएको गोलीकाण्डको तीन घण्टापछि मात्र प्रहरी अधिकारी त्यहाँ पुगेको थियो । केहीलाई बन्धक बनाएर राखिरहेका ती बन्दुकधारी प्रहरी कारवाहीमा मारिएको छ ।
बन्दुकधारीको नाम हालसम्म खुलाइएको छैन । उनको उमेर २० वर्षको आसपास भएको बताइएको छ ।
प्रहरीले यसलाई आतंकवादी हमला भने पनि यो अन्तरिक हो या वाह्य हो भन्ने खुलाइएको छैन ।
ओर्लान्डो प्रहरीका प्रमुख जोन मिनाले स्थानीय समय अनुसार २ बजे त्यहाँ गोलीकाण्ड भएको थियो । क्लबमा रहेका एक प्रहरी अधिकारीसँग बन्दुकधारीको भिडन्त समेत भएको थियो ।
त्यसपछि ती बन्दुकधारी क्लबमा छिरेर अन्दाधुन्द गोली प्रहार गरेका थिए भने क्लबमा रहेकालाई बन्धक बनाका थिए ।
बन्धक बनेकाहरुले फोन र मेसेस गरे पछि प्रहरी त्यहाँ ५ बजे पुगेर कारवाही गरेको थियो ।
क्लबमा कम्तिमा १ सय जना रहेको बताइएको छ ।
एक तथ्यांकका अनुसार गत वर्ष अमेरिकामा यस्तै प्रकारको ३७२ वटा गोलीकाण्ड भएको थियो । जसमा ४७५ जनाको मृत्यु भएको थियो भने १८७० जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण