यात्रु सवार बसमाथि तोडफोड
सोमबार, ३१ जेठ २०७३, ११ : ३२
सल्यान –सल्यानमा एक सार्वजनिक बसमाथि तोडफोड भएको छ । काठमाण्डौबाट रुकुमका लागि छुटेको रुकुम यातायात प्रा.लिको ना ५ ख ७२४१ नं को बस आजबिहान ५ बजेर ५० मिनेटमा सल्यान श्रीनगरमा तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय श्रीनगरमा गाडी इट्री गर्न रोकी राखेको बसमाथि सल्यान रुकुम यातायात प्रालीका कर्मचारीहरुले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । गाडी तोडफोड गर्दा गाडीमा सवार एक जना घाइते भएका छन् ।
बस तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय श्रीनगरले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिन्डिकेटलाई तोडेको भन्दै रुकुम यातायात प्रालिमाथि आक्रमण हुँदै आइरहेको छ ।
राज्यलले नै सिन्डिकेट प्रथाको अन्त्य गरी सकेको भएपनि राप्ती अञ्चलमा भने सिन्डिकेट प्रथा हट्न सकि रहेको छ्रैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
-
शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन
-
झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
-
बौलाहा खोलामा मोटरेबल पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण