बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पद्यावत’को रिलिज अघि  किन पुगिन् दीपिका गणेश मन्दिर ?

बुधबार, १० माघ २०७४, १२ : ३२
बुधबार, १० माघ २०७४

मुम्बई –चलचित्र ‘पद्यावत’ भारतका सबै राज्यमा रिलिज हुने भएको छ । भारतको सर्वोच्च अदालतले सबै राज्यमा चलचित्र रिलिज गर्न मिल्ने फैसला सुनाएपछि यो बिषयमा रहेको अन्योल हटेको हो ।
 सेन्सर बोर्ड र अदालतले रिलिजको बिषयमा दिएको ग्रिन सिंग्नल पछि निर्माण युनिट २५ जनवरीमा चलचित्र रिलिज गर्ने दौडमा छन् ।

चलचित्रको प्रचारदेखि बिवादसम्मका बिषयमा सबैभन्दा बढी चर्चा अभिनेत्री दीपिका पादुकोणको भएको छ । दीपिका यस चलचित्रको मुख्य भुमिकामा रहेकी छन् । चलचित्र रिलिज मिति नजिकिदै गर्दा दीपिका मंगलबार सिद्धिबिनायक मन्दीरको दर्शनमा समेत पुगेकी छन् । चलचित्र रिजिमा अब कुनै बाधा नपर्योस् भनेर उनले सिद्धिबिनायकसँग प्रथाना समेत गरेकी छन् ।

यो पटकको मन्दिर दर्शनमा दीपिकाले पद्यावतको सकुसल रिलिज कामना गरेकी छन् । सेतो कुर्ता सुरुवालमा मन्दिर पुगेकी दीपिकालाई भिडबाट बचाउन थुप्रै सेक्युरिटी गार्ड समेत तैनाथ दिए । दीपिका आफ्नो हरेक चलचित्र रिलिज पुर्व मन्दिर पुग्ने गरेकी छन् । 


राजस्थानका करणी सेना, बीजेपी नेता र हिन्दुवादी संगठनले चलचित्रलाई इतिहास माथी खेलबाड गरेको आरोप लगाएका छन् । 
चलचित्रमा रानी पद्यावतीलाई पनि घुमर डान्स गरेको देखाइएको छ । तर राजपुत राजघरानाका रानीहरुले घुमर डान्स गर्दैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप