बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पद्मावत विवाद : के साँच्चै बहादुर थिए राजपूत ?

बिहीबार, ११ माघ २०७४, १८ : ०६
बिहीबार, ११ माघ २०७४

हरबंश मुखिया
नयाँ दिल्ली । साहित्यिक पात्र पद्मावतीलाई लिएर यतिबेला सडकदेखि टिभी च्यानलमा राजपूतहरुको शानको रक्षाको चर्चा भइरहेको छ ।

तब प्रश्न उठ्छ, के इतिहासमा राजपूतानी शान जस्तो कुनै कुरा थियो ? यदी थियो भने त्यो कति मिथक हो र कति साँचो हो ?

आम धारणा छ, राजपूतहरुले कहिले पनि युद्ध हारेनन् । उनीहरु युद्धबाट कहिले पनि भाग्दैन थिए । उनीहरु या युद्ध जितेर फर्कन्थे या त शहीद भएर । यदी यी धारणाहरुलाई सत्यताको परीक्षामा राख्ने हो भने यस्ता कयौँ प्रशंग छन् जसमा यी धारणाहरु मात्र मिथक बन्न पुग्छन् ।

सन् ११९१ को तराइनको युद्धमा पृथ्वीराज चौहानले मोहम्मद गोरीलाई हराएका थिए । सन् ११९२ मा फेरि त्यहीँ युद्ध भएको थियो जसमा पृथ्वीराज चौहानले हारको सामना गर्नुपरेको थियो ।
त्यसपछि राजपूतहरुको मुगल, सुल्तान र मराठीहरुसँग युद्ध भयो, तर, कुनैमा पनि उनीहरुले जीत हासिल गर्न सकेनन् । यो ऐतिहासिक तथ्य हो ।

राजपूतहरु युद्ध जीतेर फर्कन्थे वा वीरगति प्राप्त गर्थे यो पनि सधैँ सत्य थिएन । प्रतिकको रुपमा हेरिने पृथ्वीराज चौहान जस्ता महायोद्धा दोस्रो पटक युद्ध हार्दा पक्राउ परेका थिए ।

यसको अर्थ पृथ्वीराज चौहानले पनि वीरगति प्राप्त गरेका थिएनन् । महाराणा प्रतापले पनि हल्दीघाटीमा अकबरसँग हारको सामना गर्नुपरेको थियो । उनी ‘चेतक’ घोडामा सवार भएर भाग्नु परेको थियो । 

औरङ्गजेबको जमानामा महाराजा जसवन्त सिंह थिए । उनले पनि हार स्वीकार गर्नुपरेको थियो । त्यही भएर राजपूतहरु युद्ध जित्थे वा वीरगति प्राप्त गर्थे भन्ने कुरा मात्र एक मिथक हो ।

एउटा अर्को मिथक पनि छ, राजपूतहरु जसलाई वचन दिन्थे, त्यसलाई हर हालमा पूरा गर्थे । उनीहरु कहिले धोखा दिँदैन थिए । यसको उदाहरण पनि इतिहासमा फेला पार्न निकै कठिन छ ।

बरु यसको ठीक उल्टा कुराहरु पाउन सकिन्छ । एउटा निकै दर्दनाक उदाहरण छ । दाराशिकोहकी पत्नी नादिराले सन् १६५९ को आसपासमा राजस्थानका राजा सरुप सिंहलाई आफ्नो स्तनबाट दुध पिलाएकी थिइन् । नादिराले उनलाई छोरा मान्थिन् ।

भनिन्छ, त्यही नादिरालाई सरुप सिंहले धोका दिएका थिए । नादिराको छोरा सुलेमान शिकोहलाई सरुप सिंहले औरङ्गजेबको निर्देशनमा हत्या गरेका थिए । त्यही भएर राजपूतले दिएको हरेक वचन निभाउँछन् भन्ने कुरा पनि सत्य रहेन ।

राजपूतको योगदान

बाबारको भनाई थियो, राजदूतहरु मार्न जान्दछन् तर जित्न जान्दैनन् । इतिहास कहिले पनि मिथकलाई सत्य साबित गर्न खोज्दैन न त मिथकहरुको आधारमा कुरा गर्छ । त्यही भएर यो सत्य हो कि इतिहास जहिले पनि मिथकभन्दा हटेर कुरा गर्छ ।

तै पनि मिथकहरु गढेर बस्छन् । उनीहरुलाई जनमानसमा फैलाइन्छ । राजपूतहरु शासक वर्ग भएको कारण उनीहरुले पनि मिथकलाई फैलाउँदा आश्चर्य मान्नुपर्दैन । आधुनिक भारत निर्माणमा राजपूतहरुको कुनै विशेष योगदान थिएन ।

यदी इतिहासमा राजपूतहरुको योगदानलाई मूल्याङ्कन गर्ने हो भने मुगल शासनलाई स्थायी बनाउन र फैलाउन राजपूतहरुको ठूलो भूमिका थियो । अकबरको जमानादेखि अन्तिमसम्म राजपूतहरुले मुगल शासनलाई स्थितरता दिन महत्वपूर्ण भूमिका निभाएका थिए ।

राजपूतहरु मुगल शासनको अटूट हिस्सा बनिसकेका थिए । अकबरभन्दा अघि राजपूत मात्र लडाइँ गर्थे । लगभग ३ सय वर्षसम्म राजपूतहरुले सुल्तानहरुसँग लडाइँ मात्र गरे ।

अकबर आएपछि उनले राजपूतहरुलाई मिलाएर अघि बढ्ने नीति बनाए । यो नीतिले उनलाई साम्राज्य विस्तार र स्थिरतामा निकै फाइदा पनि भयो । अकबर र औरङ्गजेबको शीर्ष कोटीको योद्धाहरुमा महाराजा जय सिंह र जसवन्त सिंह शामिल थिए ।

उनीहरु अन्तिमसम्म साथमा रहे । सन् १६७९ मा औरङ्जेबले फेरि जजिया कर लगाए जसलाई बहादुर शाह जफर आउने बित्तिकै खत्तम गरे । औरङ्जेबको जमानमा केरललाई छाडेर पूरा भारतमा मुगलको शासन थियो । र, यसमा राजपूतहरुको पनि भूमिका रहेको थियो । यो कुरा मुगल पनि स्वीकार गर्छन् ।

तब मुगलको साथ रहनु राजपूतहरु लाज मान्दैन थिए

राजपूतहरुले आफ्नो साहित्यमा बडो गर्वका साथ मुगलहरुसँग आफ्नो सम्बन्धको गुणगान गाएका छन् । उनीहरुलाई राजपूतहरुले मुगलहरुलाई सहयोग गरेकोमा कुनै लज्जा थिएन । राजपूतहरुको साहित्यमा यतिसम्म व्याख्या गरिएको छ कि उनीहरु मुगलसँग कति नजिक थिए र बादशाहरुसँग काँधमा काँध मिलाएर हिँड्थे ।

मोहता नैनसी महाराजा जसवन्त सिंहका सहायक थिए । मोहता नैनसीको दुईवटा किताब छ । एक मारवाड विगत र दोस्रो नैनसी दी ख्यात । यस किताबमा कही कतैँ लज्जाबोध गरिएको छैन कि हामीले यो किन गर्यौँ वा मुगलहरुलाई किन साथ दियौँ । यी किताबमा कुनै खेद वा अफसोस गरिएको छैन ।

यस गर्वलाई शरममा बदल्न अङ्ग्रेज अफिसर जेम्स टडले शुरु गरेका थिए । जेम्स टडले यो धारणा बनाउन शुरु गरे कि राजपूतहरु मुगलको गुलाम बनेर बसे र अंग्रेजले उनीहरुलाई गुलामीबाट मुक्त गरे ।
अर्थात्, मुगलसँगको सम्बन्धलाई लिएर लज्जाबोधको भाग स्थापित गर्न अंग्रेजहरुले शुरु गरेका थिए । यहाँसम्म कि पद्मावतीले इज्जत बचाउन जौहर (आगोमा हाम फालेर ज्यान दिने) अपनाएको जस्तो कुरा फैलाउन टडले नै शुरु गरेका थिए । 

यो कुरा बंगालसम्म फैलाइयो । जबकि पद्मावतीको कथित जौहरको कुरा राजपूतको साहित्यमा पनि उल्लेख गरिएको छैन ।

स्वतन्त्रताको लडाईंमा कहाँ थिए राजपूत ?

यदी हामीले भारतीय स्वतन्त्रताको कुरा गर्ने हो भने राजपूतहरुको खासै भूमिका थिएन । वास्तवमा राजपूत राजाहरुले अंग्रेजहरुकै साथ दिएका थिए । जति पनि राजपूत राजाहरु थिए, दुई चारलाई छाडेर कसैले पनि अंग्रेजविरुद्ध युद्ध गरेनन् ।

लक्ष्मीबाई पनि अन्तिममा अंग्रेजको विरुद्धमा उभिएकी थिइन् । शुरुमा त लक्ष्मीबाईले पनि अंग्रेजहरुसँग सम्झौता गर्ने कोशिस गरेकी थिइन् । कुरा नमिलेपछि मात्र उनले संघर्षको बाटो चुनिन् । लक्ष्मीबाई शुरुदेखि बागी थिइनन् । 

हामीले लक्ष्मीबाईले बहादुरी देखाउँदै भारत देशका लागि आफ्नो ज्यान दाऊमा राखेकी थिइन् भन्ने मिथक तयार गरेका छौँ । वास्तवमा सबै राजा आ–आफ्नो राज्यका लागि लडिरहेका थिए । त्यतिबेला सम्म देशको कुनै अवधारणा थिएन ।

हामी जातिको आधारमा कसैलाई श्रेष्ठ वा वीर भन्न सक्दैनौँ । हामी न त राजपूतलाई वीर भन्न सक्छौँ न त ब्राम्हणलाई विद्वान भन्न सक्छौँ । सबैको आफ्नो निजी स्वार्थ हुन्छ र त्यही आधारमा शासक काम गर्छ । जातिहरुलाई लिएर फैलाइएको मिथक सत्यभन्दा निकै टाढा छ । यस्ता मिथकका लागि इतिहासमा कुनै स्थान छैन ।

राजपूती खुन
मेडिकल साइन्सको दुनियाँमा अहिले डिएनए जस्तो कुरा सामुन्ने आएको छ । भारतमा कोही शुद्र हुन सक्छन् या राजपूत, तर ९८ प्रतिशतको खुन एउटै जस्तो हुन्छ । एक दुई प्रतिशत मानिस फरक हुनसक्छन् । राजपूती खुन र शुद्धताको कुरा एकदमै बेइमान कुरा हो ।

राजपूतहरुको मुगलहरुसँग सम्बन्ध थियो । दोस्रो कुरा यहाँ एउटा जाति मात्र राजपूत बनेनन् । कयौँ जाति राजपूत बनेका थिए । राजपूतमा कयौँ जाति समावेश छन् । ‘मिक्सचर अफ ब्लड र नश्ल’ शुरु देखि भइरहेको थियो ।

यो प्रक्रिया त अहिले पनि चलिरहेको छ । हामीले त यसमा पो गर्व गर्नुपर्छ । नश्लको शुद्धताको कुरा त हिटलर गर्थे । शुद्धताको अवधारणा अब खत्तम भइसकेको छ ।

राजपूतको एक खुबीलाई हामी रेखांकित गर्न सक्छौँ, त्यो हो उनीहरुले वीरताको संस्कृतिलाई स्थापित गरे । राजपूतले मुगलको संस्कृतिलाई प्रभावित गरे ।

(रजनीश कुमारसँगको कुराकानीमा आधारित÷बिबिसी)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप