भंसालीका हरेक चलचित्रमाथि किन हुन्छ विवाद ?
मुम्बई – निर्देशक सञ्जय लीला भंसालीको चलचित्र ‘पद्मावत’ बिहीबारबाट देश तथा विदेशका कैयौँ मुलुकमा एकै पटक रिलिज भएको छ । तर चलचित्रको विषयलाई लिएर भारतका कैयौँ मुलुकमा अझै चर्काे विरोध भइरहेका छन् । उत्तर प्रदेशको धेरै सहरमा त धारा १४४ समेत लगाइएको छ । हुन त भंसालीले निर्माण गरेको चलचित्रको यसरी चर्काे विरोध भएको यो नै पहिलो भने होइन । उनले यस अगाडि निर्माण गरेका केही चलचित्रको पनि यस्ता धेरै विरोध भएका थिए ।
कुन चलचित्रका केमा विरोध
पद्मावती विवाद
‘पद्मावत’को ट्रेलर सार्वजनिक हुने बित्तिकै चलचित्रको विवाद सुरु भएको थियो । चलचित्रको नाम पहिले ‘पद्मावती’ राखिएको थियो । विरोधका कारण यसको नाम ‘पद्मावत’ राखिएको हो । चलचित्रको रिलिजभन्दा केही पहिले अहमखावाद र कानपुर चलचित्र भवनमा हिंसात्मक घटनासमेत घटेको छ ।

भंसालीलाई जानजान समुदायको भावनामाथि खेलबाड गर्ने चलचित्र बनाएको आरोपसमेत कतिले लगाएका छन् । विवादका कारण चलचित्रको केही सिन काटिएका छन् । तर विवाद रोकिने सम्भावना अझै देखिएको छैन ।
बाजीराव मस्तानी

१७औँ शताब्दीका शासक पेसवा बाजीरावको विषयमा बनेको चलचित्र बाजीराव मस्तानी पनि विवादमा मुछिएको थियो । चलचित्रमा भंसालीले दुई मुख्य भूमिका काशीबाई र मस्तानीका बीच एक गीत छायाङ्कन गरेका थिए । सो समय काशीबाईको नृत्यलाई लिएर विवाद पैदा भएको थियो । चलचित्रमा प्रियङ्का र दिपिका कैयौँ पटक एकै फ्रेममा देखिएको छ । बाजीरावका वंशजले काशीबाई र मस्तानी सिर्फ एक पटक मात्र भेटेको दाबी गरेका थिए । धेरै विवादका बीच पनि चलचित्र रिलिज भयो । चलचित्र रेकर्ड तोड कमाइ गर्न सफल रह्यो ।
गोलियो की रासलीला :

बाजीराव मस्तानीभन्दा पहिले भंसालीले दिपिका पादुकोण र रणवीर सिंहका साथ ‘रामलीला’ बनाएका थिए । चलचित्रको नामलाई लिएर चर्काे विरोध भयो । त्यसैले मंसालीले चलचित्रको नाम गोलियो की रासलीला बनाए । चलचित्रको मुख्य भूमिका सरनेम ‘जडेजा’को राजपूत समुदायले विरोध गरेका थिए । चलचित्रमा प्रयोग गरिएको रवीन्द्र टेगोरको कविता ‘मोर बनी थनघट करे’लाई गुजरातमा गरिएको अनुवाद पनि विवादमा मुछिएको छ ।
गुजारिशमा सलमानसँग जोडिएको विवाद
ऋतिक रोशन र ऐश्वर्या रायको मुख्य भूमिका रहेको यो चलचित्रलाई लिएर सलमानले आपत्तिजनक बयान दिएका थिए । चलचित्रका निर्मातालाई कथा चोरिएको आरोपसमेत लागेको थियो ।
देवदासको डोला रे डोला विवाद

भंसालीको चलचित्रमध्ये सबैभन्दा खास चलचित्र देवदास पनि हो । यस चलचित्रको गीत ‘डोला रे डोला रे’ विवादमा परेको थियो । ‘देवदास’को कथा जुन उपन्यसबाट लिइएको छ । सो उपन्यासमा पारो र चन्द्रमुखीको भेट छैन । चलचित्रमा देखाइको भेट पनि विवादको विषय बनेको थियो । चलचित्रमा माधुरी दीक्षित र ऐश्वर्याले ‘डोला रे डोला’ गीतमा नृत्य गरेका थिए । केहीले भंसालीलाई चलचित्रको विषय विवादमा आउन छाडेको आरोपसमेत लगाए । केहीले भंसालीलाई अभिनेता तथा अभिनेत्रीलाई हिरो नबनाएर क्यामरवर्क हिरो बनाउने निर्देशकको आरोप पनि लगाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण