वलिउडका यी कलाकार जसले जिते थुप्रै अवार्ड, तर चलचित्रले छुन सकेन १ सय करोडको क्लब
मुम्बई –बलिउडलाई नजिकबाट हेर्ने हो भने कयौ प्रतिभावान अभिनेत्री अभिनेता देख्न सकिन्छ । जो आफ्नो मिहेनतले चलचित्र क्षेत्रमा नाम र दाम दुबै कमाउन सफल भएका छन् ।
तर, बलिउडमा कलाकारको सफलता र असफलता बक्स अफिसमा चलचित्रले गरेको व्यवसायसँग तुलना गर्ने गरिन्छ । बलिउडमा यस्ता कयौँ हिट कलाकार छन् । जसले अभिनयबाट थुपै्र अवार्ड पाएका छन् । तर उनीहरुको चलचित्रले बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन सकेका छैन ।
शाहिद कपुर :
१५ वर्षको अभिनय करियरमा शाहिदले ८ उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । तर उनका चलचित्रले अहिलेसम्म १०० करोड ब्यवसाय गर्न सकेको छैन । ‘पद्मावत’ बाट उनी १०० करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।
अमिताभ बच्चन :
बलिउडका महानायक हुन् अमिताभ बच्चन । उनी जस्तो सुपरस्टार अहिलेसम्म कोही छैन बलिउडमा । उनको चलचित्रले अहिलेसम्म १ सय करोड रेकर्ड बनाएको छैन ।
बिद्या वालन :
बिद्या बालन अहिलेकी हिट अभिनेत्री हुन् । उनले चलचित्र अभिनयबाट पनि थुप्रै अवार्ड जितेकी छन् । तर उनका चलचित्रले बक्स अफिसमा हंगामा गर्न सकेको छैन ।
आयुष्मान खुराना :
आयुष्मानका त्यस्तो कुनै चलचित्र छैन । जुन चलचित्र दर्शकले नरुचाएका हुन् । तर उनका कुनै पनि चलचित्रले अहिलेसम्म १ सय करोड पार गरेको छैन । उनको चलचित्रको निर्माण लागत पनि कम हुने गरेका छन् ।
इरफान खान :
बलिउडका चर्चित अभिनेता हुन् इरफान । तर अहिलेसम्म उनको चलचित्र बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन असफल छन् ।
सन्नी देओल ः
गदर जस्तो हिट चलचित्रका अभिनेता हुन् सन्नी देओल । उनका कयौँ चलचित्र हिट भएका छन् । तर पनि चलचित्रले बक्स अफिसमा १ सय करोडको रेकर्ड बनाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण