बझाङमा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित बढी, नौजनाको मृत्यु
बझाङ, २२ वैशाख । जिल्लामा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित भएको बझाङ जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्राप्त तथ्याङ्कअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे सङ्क्रमण देखिएको हो । एकसयपन्ध्र एचआइभी सङ्क्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताएका छन् । तीमध्ये नौ एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ ।
सङ्क्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य बताइएको छ । बालबालिका तथा महिलामा बढी एचआइभी सङ्क्रमण हुनुको प्रमुख कारण रोजगारीका लागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीका कारण महिला तथा बालबालिका समेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा ५८ जनाले मात्र एआरटी सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ ।
पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित रायल गाविसमा नौजना सङ्क्रमित रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण